दफा १२
कोषको अधिकार समाप्त नहुने
(१) कोषले लिखत गराई कुनै सम्पत्ति धितो लिएको लिखतमा उल्लेख भएको शर्त बमोजिमको म्याद भित्र धितो कब्जा गर्न वा ऋण असुल गर्न कारवाही नगरेको कारणले मात्र धितो माथिको कोषको अधिकार समाप्त हुने छैन ।
(२) सम्झौतामा उल्लिखित शर्त बमोजिम धितो कब्जा गरेको, भोग चलन गरेको, भाडा वा ठेक्का पट्टामा दिएको वा मुनाफा बाँड्ने गरी अरुलाई सञ्चालन गर्न दिएकोमा त्यस्तो कारणले मात्र कोषले असुल गरी लिन पाउने ऋण रकमको किस्ता नबुझाए बापतको ब्याज तथा थप दस्तुर वा धितो बिक्री गर्न पाउने कोषको अधिकारमा असर पर्ने छैन ।